चाइना इस्टर्नको विमान दुर्घटना: कोही जीवित परेनन् (बोइङमाथि अर्को धक्का)

RONB Update - Reporter
0
०८ चैत्र, काठमाण्डौँ (Source: Ratopati/Setopati): दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । गुआङ्सी प्रान्तमा बोइङ ७३७-८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्धार कार्यमा अप्ठ्यारो भइरहेको छ। समाचारको पर्खाइमा रहेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन्। सयौं उद्धारकर्मीहरूले वुझाउको ठाडो जंगली भिरालोहरूमा खोजी कार्य जारी राखेका छन्, जहाँ विमानको भग्नावशेषहरू छरिएका छन् ।

China Estern Ko Jahaj Durghatna Boing Mathi Dhakka

चीनको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको लगभग ३६ घण्टासम्म समाचार ब्रीफिंग आयोजना नगरेका कारण हताहत बारेमा कुनै आधिकारिक शब्द थिएन। "अहिलेसम्म, खोज र उद्धार कार्यले कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन," सीएएका उड्डयन सुरक्षा कार्यालयका निर्देशक झु ताओले पत्रकारहरूलाई भने, "अझै पनि दुर्घटनाको कारणको स्पष्ट भएको छैन। हाल उपलब्ध जानकारीलाई ध्यानमा राखेर मूल्यांकन गरिरहेका छौँ ।"

सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ। लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।

China Estern Ko Jahaj Durghatna Boing Mathi Dhakka

२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड गरेका थिए। अमेरिकी नियामक निकायले बोइङमाथि कडा निगरानी गरेका थिए। दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तले हालेकासहित अन्य मुद्दामा बोइङले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो।

२०२० अन्त्यतिरमा मात्रै अमेरिकी नियामकले उक्त मोडलका जहाज फेरि चलाउन अनुमति दिएका थिए। त्यसका लागि बोइङले जहाजको सिस्टममा केही परिवर्तन पनि गर्नुपरेको थियो। चीनले भने गत डिसेम्बरमा मात्रै बोइङ ७३७ म्याक्स जहाज चलाउन अनुमति दिएको थियो।

चाइना इस्टर्नको ७३७-८०० एनजी मोडलको जहाज सोमबार के कारणले दुर्घटनामा परेको हो भन्ने कारण पत्ता लगाउन केही दिन होइन महिना लाग्न सक्छ। १२३ यात्रु र ९ चालक दलका सदस्यसहित दुर्घटनामा परेको उक्त जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन।

यो मोडलको जहाजले पछिल्ला दशकमा संसारभरि राम्रो बजार लिइरहेका थिए। सोमबारको दुर्घटनापछि बोइङको सेयर ३.६ प्रतिशतले घटेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। २०१८ पछि राम्ररी जहाज बेच्न नसकेको बोइङले गत वर्ष ५३५ जहाजका लागि अर्डर पाएको थियो। ७३७ म्याक्स दुर्घटनाको केही महिनापछि फैलिएको कोरोनाभाइरसको महामारीले कारण बोइङलाई झन् समस्यामा पारेको थियो। सोमबारको दुर्घटनापछि बोइङले चाइना इस्टर्न र चिनियाँ नागरिक उड्डयन प्राधिकरणसँग नियमित सम्पर्कमा रहेको बताएको छ।

बोइङ डाटाका अनुसार ७३७-८०० एनजी मोडलका जहाज संसारभरिका आकाशमा उड्थे। सन् १९९८ देखि २०२० सम्म बोइङले यो मोडलका ५ हजार जहाज बेचेको थियो। यात्रु क्षमता र दूरीका हिसाबले धेरै एयरलाइन्सले यो जहाजलाई आन्तरिक र छोटो दूरीको अन्तर्राष्ट्रिय उडानमा पनि प्रयोग गर्थे। बोइङका ७३७ मोडलका जहाजका लागि चीन निकै ठूलो बजार थियो। संसारभरि अहिले भएका २५ हजार यात्रुवाहक जहाजमध्ये ७३७-८०० एनजी मोडलका जहाज १७ प्रतिशत थिए। तीमध्ये चीनमा १२ सय वटा जहाज चीनमा थिए।

Source Link: Ratopati/Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !