Nepal Police - नेपाल प्रहरी

१० चैत्र, काठमाण्डौँ: नेपाल प्रहरी भनेको "कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा " हो ।
Useful Links: (toc) #title=(Nepal Police - नेपाल प्रहरी)
  • नेपाल प्रहरीको ईतिहास
  • नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ज्यूहरु
  • नेपाल प्रहरीको समुह / श्रेणी / दर्जाहरु
  • नेपाल प्रहरीको तलब विवरण
  • नेपाल प्रहरी कार्यालयहरुको सम्पर्क नम्बर
  • नेपाल प्रहरीका ताजा समाचारहरु

नेपाल प्रहरीको इतिहास

नेपालमा शान्ति तथा सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अंग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वारा, थाना तथा चौकीहरू स्थापना गर्न उनले विभिन्न सवालहरू जारी गराए ।


नेपाल प्रहरीको पद तथा श्रेणी:

नेपाल प्रहरीलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउदा पदरहेको छ ।

राजपत्रांकित श्रेणीमा रहेका पदहरु

  • प्रहरी महानिरीक्षक
  • अतिरिक्त प्रहरी महानिरीक्षक
  • प्रहरी नायब महानिरीक्षक
  • प्रहरी बरिष्ठ उपरीक्षक
  • प्रहरी उपरीक्षक
  • प्रहरी नायब उपरीक्षक
  • प्रहरी निरीक्षक

राजपत्र अनङ्कीत श्रेणीमा रहेका पदहरु

  • प्रहरी वरिष्ठ नायब निरीक्षक
  • प्रहरी नायब निरीक्षक
  • प्रहरी सहायक निरीक्षक
  • प्रहरी वरिष्ठ हवल्दार
  • प्रहरी हवल्दार
  • प्रहरी सहायक हवल्दार
  • प्रहरी जवान

श्रेणी बिहिन समुहमा रहेकाो पद:

  • प्रहरी कार्यालय सहयोगी (परिचर तथा सयस)

प्रहरी कार्यालयहरुको प्रतीकहरू:

नेपाल प्रहरीको संगठनात्मक संरचना अनुसार प्रहरी कार्यालयरुलाई विभिन्न समुहमा विभाजन गरिएको छ । प्रहरी प्रधान कार्यालय र राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, महानगरीय प्रहरी कार्यालय र प्रदेश प्ररही कार्यालय एव मातहतका कार्यलयमा प्रतीकहरू फरक फरक हुने गर्नदछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !