Nepal Police History - नेपाल प्रहरीको इतिहास

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ: नेपालमा शान्ति तथा सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अंग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वारा, थाना तथा चौकीहरू स्थापना गर्न उनले विभिन्न सवालहरू जारी गराए ।
Useful Links: 
  • नेपाल प्रहरीको ईतिहास
  • नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ज्यूहरु
  • नेपाल प्रहरीको समुह / श्रेणी दर्जाहरु
  • नेपाल प्रहरीको तलब विवरण
  • नेपाल प्रहरी कार्यालयहरुको सम्पर्क नम्बर
  • नेपाल प्रहरीका ताजा समाचारहरु

सन् १९१९ (वि.सं. १९७६ पौष) को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतु जिल्ला पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौं उपत्यकामा शान्तिसुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वारा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरियो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक÷एक खडा गरिए । बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए ।

नेपाल पुलिस फोर्स गठन :

२००७ सालको क्रान्तिपश्चात् नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाइहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरीक्षकका (आईजीपी) रूपमा नियुक्त भएका थिए । सन् १९५५ मा प्रहरी व्यवस्थामा विद्यमान कमजोरीलाई हटाई यसलाई संगठनात्मक रूपमा सुदृढ पार्न तत्कालीन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो । यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा वैधानिक स्वरूप प्रदान गरियो ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्नेका लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एकातर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्कोतर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ । यस अर्थमा यसले प्रहरी संगठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ । साथै, सुपरिवेक्षणको काम पनि गर्दछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !