सबैभन्दा छिटो ८ हजार रन बनाउने क्रिकेटर बने स्मिथ

RONB Update - Reporter
0
१० चैत्र, काठमाण्डौँ (Source: Onlinekhabar): अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ८ हजार रन बनाउने खेलाडी बनेका छन् । टेष्ट क्रिकेटको इतिहासमा नयाँ रेकर्ड बनाएका स्मिथले १५१ इनिङ्स खेल्दै ८ हजार रन जोडेका हुन् । पाकिस्तानको लाहोरमा भइरहेको पाकिस्तानविरुद्धको तेस्रो टेष्टको दोस्रो इनिङ्समा उनले आफ्नो ८ हजार रन पूरा गरेका हुन् ।

Sabaibhanda Chito 8000 Run Banauney Cricketer Baney Smith

यसअघि श्रीलंकन ब्याटर कुमार सांगाकाराले १५२ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । छिटो ८ हजार रन बनाउने खेलाडीको सुचीमा भारतीय क्रिकेटर सचिन तेन्दुल्कर तेस्रो स्थानमा रहेका छन् । सचिनले १५४ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । चौथो स्थानमा रहेका वेस्ट इन्डिजका गार्फिल्ड सोबरले ८ हजार रनका लागि १५७ औं इनिङ्स खेलेका थिए । पाँचौंमा रहेका भारतीय राहुल दव्रिडले १५८ औं इनिङ्समा ८ हजार रन जोडेका थिए ।

Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !