अब त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट अनिवार्य

RONB Update - Reporter
0
३ फागुन, काठमाण्डौँ (Source: SurakshyaNews): अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि पीएनआर कोड देखाएर प्रवेश गर्दै आएकोमा अबदेखि पूर्ण विवरणसहितको टिकट अनिवार्य चाहिने भएको हो ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानबाट यात्रा गर्दा आउने कतिपय यात्रुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको हो ।


फागुन ७ गतेदेखि काठमाडौंबाट अन्यत्र यात्रा गर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रूपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउनु पर्नेछ ।

साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ समयमा अनिवार्य रूपमा विमानस्थलबाट प्रवेश गरिसक्न कार्यालयले अनुरोध गरेको छ ।

Source Link: SurakshyaNews

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !