भूमि समस्या समाधान गर्न भूमि आयोग र तिलोत्तमा नगरपालिकाबीच सम्झौता

ChetanTM
0
०४ फागुन, काठमाडौं (Source: RadioKantipur): भूमि सम्बन्धी समस्या समाधानका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेको छ । नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न बुधबार आयोगसँग कार्यसम्झौता गरेको हो । नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौंस्थित कार्यालयमैं पुगेर कार्यसम्झौता गरेसंगै अब भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने छन् ।

नगरपालिकामा अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको लगत संकलन भईसकेको छ । संकलित तथ्यांक प्रविष्ट गर्ने र जग्गा नापजाँचको लागि कन्ट्रोल पोइन्ट राख्ने कार्य जारी रहँदा अघिल्लो आयोग विघटन भएपछि ती कार्य रोकिएका थिए । वर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेसंगै अब प्रक्रिया अनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

Bhumihin Samasya Samadhan Garna Bhumi Aayog Sanga Samjhauta

तिलोत्तमा नगरपालिकामा झण्डै ८ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा ७ हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमाका ६ सय १९ जनाले भूमिहीन दलित, १ हजार ७ सय ४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५ सय ५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् । नगरपालिकाका अनुसार सबैभन्दा बढी वडा नम्बर ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ भने वडा १७ मा सबैभन्दा कमले फारम भरेका छन् । नगरपालिकाले आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचना अनुसार गत वर्षको माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो ।

जनप्रतिनिधि तथा कर्मचारीहरु टोल–टोलमै पुगेर लगत संकलन गरेका थिए । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा प्रविष्ट गर्ने, फाईल स्क्यानिङ गर्ने लगायत काम अघि बढ्दै गर्दा संघीय सरकार परिवर्तनपछि अघिल्लो आयोग विघटन भएपछि काम रोकिएको थियो ।

Source Link: RadioKantipur
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !