२०२२ मा रिलिज हुने यी हुन् बलिउडको ठूला बजेटका ६ फिल्म

RONB Update - Reporter
0
१० फागुन, काठमाडौं (Source: Ratopati): बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् ।

2022 ma release hune bollywood ka thula budget ka 6 film

पोन्नियिन सेलवन

मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ । लायका प्रोडक्सन र मद्रास टाकिजको निर्माण रहेको फिल्ममा विक्रम, एश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोभिता धुलिपल लगायतको अभिनय छ । फिल्म १९५५को कल्कि कुष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवन’ आधारित रहेर बनेको हो ।


आदिपुरुष

आदिपुरुष रामायणमा आधारित फिल्म हो । ५०० करोड बजेटमा निर्मित फिल्म टी सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको हो । फिल्म ३ डि प्रबिधिमा निर्माण भएको हो । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । फिल्ममा प्रभास, सैफअली खान र कृति सेनन मुख्य भुमिकामा छन् । फिल्मको भिएफएक्सका लागि हलिउड टेक्नोलोजी प्रयोग भएको छ । ‘आदिपुरुष’ हिन्दी र तेलगुको साथमा तमिल, मलयालम र कन्नडमा पनि डबिङ हुनेछ ।


आरआरआर

आरआरआर पनि २०२२ को प्रतिक्षित फिल्म हो । फिल्ममा जुनियर एनटिआर र राम चरणको मुख्य भुमिका छ । फिल्ममा अजय देवगन र आलिया भट्ट समेतको अभिनय छ । ४०० करोडमा बनेको यो फिल्म २५ मार्चमा रिलिज हुँदैछ ।


राधे श्याम

३५० करोडमा बनेको फिल्म ‘राधे श्याम’ राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । प्रभास र पूजा हेगडेको मुख्य भुमिका रहेको फिल्ममा राज विश्वकर्मा र रिद्धी कुमारको अभिनय छ । १९७० को युरोपमा आधारित यो फिल्मको कथा रोमान्टिक थिममा छ । फिल्म हिन्दी, तमिल, तेलूगू र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको रिलिज मिति ११ मार्च २०२२ बताइएको छ ।


पृथ्वीराज

यसराज फिल्मको ब्यानरमा बनेको यो ‘पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीको निर्देशन रहेको छ । पृथ्वीराज चौहानको जीवनमा आधारित यो फिल्मको बजेट ३०० करोड रहेको छ । फिल्ममा पृथ्वीराज चौहानको भुमिका अक्षयकुमारले निर्वाह गरेका छन् । फिल्ममा मानुषी छिल्लरको समेत अभिनय छ । १० जुनमा रिलिज हुने यो फिल्ममा संजय दत्त, सोनु् सुद, आशुतोष राणालगायतको मुख्य अभिनय छ ।


ब्रह्मास्त्र

अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ ३०० करोड बजेटमा बनेको हो । फिल्ममा आलिया भट्ट, रणवीर कपुर, अमिताभ बच्चनलगायतको अभिनय देख्न सकिन्छ । ११ सेब्टेम्बरमा रिलिज हुने फिल्म प्राचिन ज्ञान, उर्जा र शक्तिमा आधारित रहेको छ ।


Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !