आजबाट नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री खुला

RONB Update - Reporter
0
११ फागुन, काठमाडौं (Source: Arthasorakar): नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले मिति २०७८/११/११ गते बुधबारबाट ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गर्न लागेको छ । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।

Aja Bata NESDO Laghubittiya Sanstha Ko IPO Share Khulla

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो समयसम्ममा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !