टेलिकमले बोनस शेयर सहित नगद लाभांश दिने भन्दै मूल्यमा उछाल, यस्तो छ बजार हल्ला !

RONB Update - Reporter
0
१० फागुन, काठमाडौं (Source: Insurancekhabar): आकर्षक लाभांश दिने हल्लाले विगत तीन महिनाको अवधिमा नेपाल टेलिकमको शेयर मूल्य ६२९ रुपैयाँले बढेको छ । टेलिकमले यस वर्ष ८० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने हल्लाले तीन महिना अगाडी प्रति कित्ता ११५० रुपैयाँ रहेकोमा आज मंगलबारसम्ममा १७७९ रुपैयाँ पुगेको छ । नेपाल सरकारले चुनाव खर्च तथा बजेट खर्चका लागि नेपाल टेलिकमबाट लाभांश लैजान यस पटक बम्बर लाभांशको प्रस्ताव गर्ने चर्चा छ । नेपाल टेलिकममा नेपाल सरकारको मात्रै ९१.५२ प्रतिशत शेयर रहेको छ । बाँकी ८.४८ प्रतिशत मात्रै सर्वसाधारणको छ ।

Telecomley Ko Bonus Share Sahit Cash Dividend Diney Bhandhai Mulyama Bridhi

यस वर्ष टेलिकमबाट सरकारले १० अर्ब भन्दा माथिको लाभांश लैजान खोजेको बुझिएको छ । यसका लागि टेलिकमले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित जगेडा कोषबाट ८० प्रतिशत नगद लाभांश घोषणा गर्ने तयारी गरेको बुझिएको छ । त्यस्तै यस पटक सञ्चालकहरुले नेपाल सरकार समक्ष २० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाउन समेत सुझाव दिएका छन् । यहि सूचना बाहिरिदा केहि समयदेखि नेपाल टेलिकमको शेयरमा उछाल आएको हो । सधै अण्डर भ्यालुकै अवस्थामा रहने नेपाल टेलिकम यस पटक भने बोनस शेयरको हल्लाले उचालिएको छ ।


यदि हल्ला अनुसार नेपाल टेलिकमले ८० प्रतिशत नगद लाभांश दियो भने नेपाल सरकारले नगद लाभांश मात्रै १० अर्ब ९८ करोड रुपैयाँ लैजानेछ । सरकारले हरेक वर्ष बजेट खर्चका लागि स्रोत जुटाउने क्रममा विभिन्न संस्थान, नियामक निकायबाट पैसा लैजाने गरेको छ । विस्तारै बजेट खर्च बढ्दै जादा सरकारले स्रोत जुटाउन सुरु गर्नेछ । यहि क्रममा सरकारले लगानी गरेका संस्थान तथा कम्पनी मार्फत लाभांश लैजान सुरु गरिसकेको छ । नेपाल टेलिकमको हालको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाशिक वित्तीय विवरण अनुसार नेपाल टेलिकमको जगेडा कोषमा ८१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । विगत १० वर्षको अवधिमा टेलिकमले वितरण गरेको लाभांश हेर्ने हो भने अधिकतम ५५ प्रतिशतसम्म दिएको पाइन्छ ।

Telecomley Ko Bonus Share Sahit Cash Dividend Diney Bhandhai Mulyama Bridhi

सधै नगदमा मात्रै दिने भएकाले नेपाल टेलिकमको शेयरमा खासै आकर्षण देखिने गरेको पाइदैन । ५ वर्ष अगाडी चुक्ता पूँजीका हिसावले नेपाल टेलिकम नै सबैभन्दा ठुल कम्पनी थियो । जतिवेला नेपाल टेलिकमको उतारचढावले नेप्सेको सूचक प्रभावित हुन्थ्यो । तर अहिले नेपाल टेलिकम भन्दा ठुला पूँजी भएका बाणिज्य बैंकहरु आएका छन् । टेलिकम जत्तीकै पूँजी भएका जलविद्युत कम्पनी तथा बैंकहरु छन् । यसले गर्दा पछिल्ला दिनमा बजारको उचारचढावमा टेलिकमको खासै भुमिका थिएन ।

तर विगत एक महिनाको अवधिमा बैंकिङ तरलता तथा व्याजदरको नकारात्मक समाचारले पनि बजार धेरै तल झर्न सकेको छैन । यसमा नेपाल टेलिकमको महत्वपुर्ण साथ देखिन्छ । विगत तीन महिनामा मात्रै नेपाल टेलिकमको शेयर मूल्य ६२९ रुपैयाँले बढ्नु भनेको राम्रै टेवा पुग्नु हो ।

Source Link: Insurancekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !