६ वर्षमा सुनको भाउ ५० हजार बढ्यो

RONB Update - Reporter
0
२६ फागुन, काठमाण्डौँ (Source: Ratopati): यतिबेला विश्वबजारमा धेरै वस्तु (कमोडिटी) को मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेका छन् । सुन (Gold), चाँदी (Silver), पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र कोइलाको मूल्य नयाँ कीर्तिमान बनाउनेमध्यकै वस्तु हुन् । यसबाहेक धेरै औद्योगिक कच्चा पदार्थको मूल्यसमेत अहिले निरन्तर उकालो गतिमा छ । यो सामग्रीमा सुनको मूल्यबारे चर्चा गरौं । पहेँलो धातुको मूल्यले यतिबेला विश्व र नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासमै पहिलोपटक बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो ।

6 Barsama Sunko Bhau 50 Hajar Badhyo

यतिखेर सुनको भाउ महँगिनुको पछिल्लो कारण रूस–युक्रेन युद्ध मानिएको छ । रूस विश्वकै तेस्रो ठूलो सुन उत्पादक र पाँचौं ठूलो भण्डारणकर्ता हो । युक्रेनमाथि हमला थालेपछि रूसविरुद्ध पश्चिमा मुलुकहरूले अनेक प्रतिबन्ध लगाएका छन् । सो प्रतिबन्धमा रूसबाट हुने सुन निर्यात पनि परेको छ । यसअघि गत वर्ष साउन २३ गते नेपाली बजारमा सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो । कोभिड–१९ महामारीको चपेटाबाट बाहिर आउँदै गर्दा बजारमा अभाव हुँदा त्यतिखेर सुनको मूल्य महँगिएको थियो । त्यसपछि मूल्य पुनः घटेर तोलामा ८८ हजार रुपैयाँसम्म झरेको थियो । जुन अहिले फेरि बढेर कीर्तिमान कायम भएको हो ।

यस्तो छ ६ वर्षको मूल्य स्थिति

नेपालमा पछिल्लो ६ वर्षभित्र सुनको मूल्य करिब ५० हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार सुनको मूल्य वि.सं. २०७३ सालयता प्रतितोला ४९ हजार ७०० रुपैयाँले बढेको हो । ​वि.सं. २०७३ साल फागुन महिनामा सुनको मूल्य प्रतितोला ५५ हजार ८०० रुपैयाँ थियो । त्यसयता निरन्तर उकालो लाग्दै सुनको मूल्य वि.सं. २०७८ सालको फागुन महिनासम्म आइपुग्दा १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ ।

यसबाहेक, २०७४ साल फागुनमा प्रतितोला ५८ हजार रुपैयाँ थियो । यस्तै, २०७५ साल फागुनमा ६३ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य २०७६ साल फागुनमा ८२ हजार ७०० रुपैयाँ पुगेको थियो । यसैगरी, २०७७ साल फागुनमा ९० हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन, त्यसयता एक वर्षको अवधिमा १४ हजार ६०० रुपैयाँले उकालो लागेको तथ्यांक छ ।

६ वर्षमा सुनको मूल्य प्रतितोला (फागुन):

6 Barsama Sunko Bhau 50 Hajar Badhyo

चाँदीको मूल्य पनि बढेको बढ्यै !

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । महासंघका अनुसार वि.सं. २०७३ सालको फागुन महिनाको तुलनामा २०७८ सालको फागुनसम्ममा ६१५ रुपैयाँले चाँदीको मूल्य बढेको छ । २०७३ सालको फागुनमा चाँदीको मूल्य प्रतितोला ८३५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर उकालो लाग्दै २०७८ फागुनसम्म आइपुग्दा प्रतितोला १४५० रुपैयाँ पुग्यो ।

६ वर्षमा चाँदीको मूल्य प्रतितोला (फागुन):

6 Barsama Sunko Bhau 50 Hajar Badhyo

Source Link: Ratopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !