अमेरिकाद्वारा युक्रेनको दुईवटा माग अस्वीकार

RONB Update - Reporter
0
२३ फागुन, काठमाडौं (Source: Ratopati): युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् । उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका हुन् । योसँगै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्धा गर्न रुसले बनाएका लडाकु विमान प्रदान गर्न आग्रह गरे । युक्रेनी पाइलटहरूलाई यी विमानहरू कसरी सञ्चालन गर्ने भन्ने थाहा भएको उनले बताए।

America Dwara Ukrain Ko 2 Ota Mag Aasuikar

जवाफमा, सिनेट नेता चक शुमरले भने पूर्वी युरोपबाट उनलाई पठाउन बिडेन प्रशासनले मद्दत गर्नेछन्। जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग र मानवीय सहायताको आवश्यकतामा कांग्रेसका सदस्यहरूको ध्यानाकर्षण गराए । तर, अमेरिकी सिनेटले उनको दुईवटा अनुरोध अस्वीकार गरेको छ। पहिलो नो(फ्लाई जोनको लागि उनको माग अस्वीकार गरिएको छ । किनभने यसले नाटो सदस्य राष्ट्रहरू रूससँग प्रत्यक्ष लडाईमा संलग्न हुने सम्भावना खोल्न सक्ने उनीहरुको भनाई । दोस्रो, रूसबाट तेल किन्न प्रतिबन्धमा धेरै काम हुनसक्ने किनभने यसले तेलको मूल्य झन् बढ्ने खतरा छ ।

Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !