भक्तपुरमा परालले छोपेको अवस्थामा महिलाको शव फेला

RONB Update - Reporter
0
२४ फागुन, भक्तपुर (Source: Setopati): भक्तपुरमा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ। चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। करिब ४० वर्षीया महिलाको शव परालले छोपेको अवस्थामा सोमबार बेलुकी १० बजेतिर फेला परेको हो।

महिलाको पहिचान भइसकेको छैन।

महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Bhaktapurma Paralley Chopiyeko Aasthama Mahilako Sab

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !