न्यायपरिषदले स्थानीय तह निर्वाचनका लागि आयोगमा पठायो ४६७ अधिकृतको नाम

RONB Update - Reporter
0
१८ फागुन, काठमाडौं (Source: Prasashan): न्याय परिषदले स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । परिषदको सोमबारको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो । हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । सिन्धुली र रामेछापका जिल्ला न्यायाधीश अरु काममा समेत व्यस्त भएकाले उनीहरुको ठाउँमा अरु नाम पठाइएको छ ।

७७ जिल्लाका एक/एक न्यायाधीश बाहेक जगेडाका लागि थप १७ गरी कुल ९२ जना न्यायाधीशको नाम पठाइएको हो । उनीहरु जिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृत भई मुख्य निर्वाचन अधिकृतको भूमिका समेत निर्वाह गर्नेछन् । त्यसैगरी न्यायसेवाको विभिन्न समूहबाट ३७५ जना उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । न्यायप्रशासन समूहबाट १७९, कानून समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ जनाको नाम पठाइएको हो ।

Esthaniya Nirbachanko Lagi Aayogley Pathayo Adhikrit Ko Name

उनीहरु सबै उपसचिवस्तरका कर्मचारी हुन् । आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाबाट करिव ३०० कर्मचारीहरुको नाम सिफारिस हुने अनुमान गरेकोमा न्यायपरिषदले डेढ सयभन्दा बढी कर्मचारीको नाम सिफारिस गरेको हो । ७५३ स्थानीय तहको निर्वाचनका लागि अब अपुग हुने करिब ३०० कर्मचारी निर्वाचन आयोगले सरकारसँग माग गर्नेछ । अपुग भएका निर्वाचन अधिकृतहरु निजामती प्रशासनको उपसचिवस्तरका कर्मचारी खटाई परिपूर्ति गरिनेछ ।

Source Link: Prasashan
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !