स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

RONB Update - Reporter
0
२३ फागुन, काठमाडौं (Source: Ratopati): नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको अडान राष्ट्रिय अडान भएको बताए । नेपाल भने, ’हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्दा हामीले आफ्नो मान्यताबाट डगमगाएका छैनौं, बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्येनजर गर्दै सुझबुझपूर्ण निर्णय गरेका छौं ।’

Esthaniya Tahako Nirbachanko Tayari Garna Nirdeshan

अध्यक्ष नेपालले पेश गरेको राजनीति प्रतिवेदनमाथि पोलिटब्युरोका ३७ जना सदस्यले आफनो धारणा व्यक्त गरेका छन् । पोलिटब्युरो सदस्यको धारणालाई समेटेर प्रतिवेदन परिमार्जन गरेर केन्द्रीय कमिटीमा पेश गरिने महासचिव बेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक यही फागुन २५ र २६ गते बस्दै छ ।

Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !