म्यादी प्रहरीको वेयरिङ् चेक परिक्षा, लिखित र अन्तरवार्ता परीक्षा सम्बन्धी जानकारी

RONB Update - Reporter
0
१३ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । मिति २०७८/१२/१५ गते मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुनेछ’, ‘क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा निकालिनेछ ।’

Useful Link:

Myadi Police Physical Exam Process

म्यादी प्रहरी छनौट प्राथमिकताका आधारहरु

  • म्यादी प्रहरी छनौट प्राथमिकताको पहिलो आधार: सुरक्षा निकाय (नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) मा विभिन्न पदमा २०७८ साल महिनादेखि भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरूती र स्वास्थय परीक्षणमा उर्त्तीण भएका प्रवेश पत्रको प्रतिलीपि पेश गर्ने व्यक्ति ।
  • दोस्रो आधार: नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनामा कार्यरत रही निवृतिभरण वा उपदान प्राप्‍त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षक ।
  • तेस्रो आधार: विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक ।
  • चौथो आधार: विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम व्यक्ति ।
  • पाँचौ आधार: यस मापदण्डको दफा ५.१ बमोजिमको योग्यता पुगेको व्यक्ति ।

नोट: म्यादी प्रहरी छनौट प्राथमिकताका आधारहरु जे-जसो भएतापनि महिला आवेदकहरुलाई प्राथमिकतामा राखी प्रतेक मतदान केन्द्रमा महिला म्यादी प्रहरी समेत रहने पुग्ने गरी चनौट व्यवस्था मिलाएर नतिजा प्रकासन हुने गर्दछ ।

१) प्रारम्भिक स्वास्थय परीक्षण (वेयरिङ् चेक) परिक्षामा हेरिने कुराहरु:

  • उचाई, छाती र तौल:
    • पुरुष: उचाई घटिमा ५ फिट २ ईन्च, तौल कम्तीमा ५० के.जी. र छाती ३१-३३ ईन्च हुनु पर्ने
    • महिला: उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी हुनुपर्ने
  • अंगभंग / कुरुप नदेखिने
  • आँखा राम्रोसंग देख्ने (नजिक र टाढाको दुरी) हेर्न सक्ने
  • बाहिर देखिने घाउ चोटपटक रोग नभएको
  • उचाई अनुसार हुनुपर्ने तौल भन्दा अत्याधिक बढी वा कम तौल नभएको
  • शरीरको कुनै अंगले काम गर।न नसक्ने नभएको
माथि उल्लेखित कुराहरु ठिक भएमा तपाई प्रारम्भिक स्वास्थय परीक्षण (वेयरिङ् चेक) परिक्षामा पास हुनुहुन्छ ।

२) शारीरिक तन्दुरुस्ती परिक्षा:

Update Notice Regarding Myadi Police Selection Process

३) लिखित परिक्षा:

  • परिसर काठमाण्डौँ, परिसर ललितुर, परिसर भक्तपुर र ७४ वटा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी भर्ना छनौट तथा नियुक्ति गर्न "स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, चनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड - २०७८" मा उल्लेख भए अनुसार गठित समितिले पाठ्यक्रम तयार गरि सोहि अनुसार प्रश्न पत्र निर्माण गरी लिखित परीक्षा संचाल गर्नेछ ।
  • लिखित परीक्षाको पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ४० हुनेछ ।
  • लिखित परीक्षामा वस्तुगत प्रश्नहरु सोधिनेछन ।

म्यादी प्रहरीको भर।ना छनौट तथा नियुक्ति समिति:
  • सम्बन्धीत जिल्लाको प्रमूख अधिकारी - संयोजक
  • प्रहरी परिसर / जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख - सदस्य
  • जिल्ला स्थित नेपाली सेवाको कम्तीमा रा.प. द्वितीय श्रेणीका अधिकृत प्रतिनिधि - सदस्य
  • जिल्ला स्थित सशस्त्र प्रहरी बलको उपलब्ध भएसम्म रा.प. द्वितिय श्रेणी वा नभए अधिकृत प्रतिनिधि - सदस्य
  • जिल्ला स्थित राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक / प्रहरी निरीक्षक - सदस्य सचिव

अन्तरवार्ता परीक्षा:

  • अन्तरवार्ता परीक्षाको पूर्णाङ्क २० र उत्तीर्णाङ्क ८ हुनेछ ।
  • अन्तरवार्ता  परीक्षामा वस्तुगत प्रश्नहरु सोधिनेछन ।
  • यस इभेन्टमा निर्वाचन सम्बन्धी विषयमा वस्तुका प्रश्नहरुका साथै सामान्य ज्ञान सम्बन्धी अन्तरवार्ता परीक्षा लिने गरिन्छ ।

म्यादी प्रहरीको छनौट प्रकृया निम्नानुसार हुनेछ:

१) प्रारम्भिक स्वास्थय परीक्षण (वेयरिङ् चेक)
२) शारीरिक तन्दुरुस्ती परिक्षा:
३) लिखित परिक्षा
४) स्वास्थ्य परीक्षण परीक्षा
५) अन्तरवार्ता परीक्षा
६) अन्तिम नतिजा प्रकाशन
७) नियुक्ति पत्र प्रदान
८) वैकल्पिक उम्मेदवारको सिफारीस र नियुक्ति

म्यादी प्रहरीको भर्ना छनौट प्रकृयाको सम्पुर्ण विवरण हेर्न यहाँ Click गर्नुहोस

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !