प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षण (Medical Exam) परिक्षाको नतिजा

RONB Update - Reporter
0
१५ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयमा संचालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा निम्न परीक्षा केन्द्र अनुसार प्रकाशन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत स्वास्थ्य परीक्षणको नतिजा हेर्न तलको Link मा Click गर्नुहोस:

१ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर ।
२ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय: राजबिराज, सप्‍तरी) 
बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा 
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगंज)
सुदूरपश्‍चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल
महानगरीय प्रहरी शिक्षालय, महाराजगंज काठमाण्डौ

Nepal Police Constable Medical Exam Result

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको मिति २०७९/०१/१० गते समय विहान ०८:०० बजे लोक सेवा आयोगद्वारा लिखित परीक्षा संचालन हुने र परीक्षा केन्द्र (स्थान) सम्बन्धी सूचना आयोगको वेभसाईट www.psc.gov.np, नेपाल प्रहरीको वेभसाईट www.nepalpolice.gov.np र सम्बन्धित प्रहरी कार्यालयबाट पछि प्रकाशन गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !