सत्तामा हुँदा एमसीसी अघि बढाउनेले अहिले विरोध गर्नुको अर्थ छैन: प्रधानमन्त्री

RONB Update - Reporter
0
३० फागुन, काठमाण्डौँ (Source: Gorkhapatra): प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तामा हुँदा अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ । सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गनुहुँदै प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताउनुभयो ।

Sattama Huda MCC Agadhi Badhauneyley Ahiley Birodh Garnuko Artha Xaina

उहाँले नेकपा (एमाले)क सांसद् भीम रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरुले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो हो । ‘केपी ओलीले पेश गर्नुभएको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा किन नदिएको ?’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

Source Link: Gorkhapatra
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !