युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

RONB Update - Reporter
0
१८ फागुन, काठमाडौं (Source: Dainikonline): रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन ।

Ukraine Sanga Doshro Charanko Shantibarta Garna Russia Tayar

क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् । राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् । उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए।

Source Link: Dainikonline

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !