सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा खुल्ला समुहबाट १ नम्बरमा नाम निकाल्न सफल पुस्पा बानियाँलाई हार्दिक बधाइ

RONB Update - Reporter
0
२३ चैत्र, काठमाण्डौँ (Source: MyNewsNepal/ChetanTM): सशस्त्र प्रहरी बल नेपालले बिहीबार इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक गर्यो । खुल्ला, महिला, जनजाती र दलित गरेर जम्मा ४९ जनाले नाम निकाले । ती मध्ये महिलामा चार जनाले नाम निकालेका छन् भने खुल्लामा ४२ जना । त्यही ४२ जना खुल्ला मध्येको शीर्ष अर्थात् १ नम्बरमा नाम छ पुष्पा बानियाँ । महिला कोटा हुँदाहुँदै पनि खुला समूहमा प्रतिस्पर्धा गर्नु पुष्पाको स्वभाव अनि आफूप्रतिको विश्वास थियो र उनि त्यसमा सफल पनि भइन ।

Useful Link:

पढाईमा अब्बल पुष्पाले देशकै टप कलेज प्रसादी कलेजबाट व्यवस्थापनमा १२ सकाइन् । अनि रोजीन्, स्नातकमा बीबीए । अनि रोजिन् भक्तपुरस्थित सैनिक कलेज । उनले सैनिक कलेज भक्तपुरमा बीबीए टप गरेलगत्तै गत भदौमा सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गर्यो । हजारौं युवाले जस्तै फर्म भरिन्- इन्स्पेक्टर हुने उत्कट अभिलाषा अनि विश्वासका साथ ।


छनौटका विभिन्न चरणहरु पार गर्दै गइन् र अन्तिम चरणमा पनि उनी फेरि अर्को एकपटक अब्बल सावित हुँदै 'टप्न' पुगिन् अर्थात् अन्य ४१ पुरुष प्रतियोगीलाई पछि पार्दै खुल्लातर्फबाट १ नम्बरमै नाम निकालिन् । घुम्नकी सौखिन पुष्पा नाच्न पनि उस्तै पारंगत छिन् । कलेज अनि स्कूलहरुमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुने पुष्पालाई सहपाठीहरुले 'टपर' भनेर जिस्क्याउने गर्थे । उनलाई नराम्रो लाग्दैनथ्यो, आखिर उनी थिइन् नै ‘टपर’ ।

APF Inspector Pushpa Baniya Ranked First

उनलाई सुरक्षा निकायप्रति अझै थप आकर्षणको केन्द्र बन्यो उनको कलेज । जहाँ उनले चार वर्षसम्म सैनिक नियमको प्रत्यक्ष वातावरणमा बाँधिएर उच्चशिक्षा हासिल गरिन् । ‘अब बल्ल मेरो परिक्षा सुरु भएको छ,’ माइन्यूजनेपालसँगकाे कुराकानीमा उनले भनिन् । संगठनले दिएको दायित्व पूरा गर्नु उनको काँधमा ठूला जिम्मेवारी छ । अहिलेसम्मका परिक्षामा जस्तै संगठन र देशका लागि पनि अब्बल ठहरिन्छु भन्ने विश्वास पनि छन् सँगसँगै ।

सुरक्षा निकायमा पछिल्ला पुस्ताको आकर्षण बढ्दै जानुको दरिलो प्रमाण बनेकी छिन् पुष्पा । राजधानीमै स्थायी बसोबास भएको परिवारकी एक्ली छोरी जसले व्यवस्थापनमा उच्च अंकसहित आफ्नो उच्च शिक्षा हासिल गरेकी छिन् । यदि उनले चाहेको भए सुरक्षा निकायबाहेकका अन्य क्षेत्रमा पनि अब्बल नै नतिजा हासिल गर्थिन् भन्नेमा कुनै शंका छैन । तर, उनले रोजिन् सुरक्षा निकाय, त्यो पनि सशस्त्र प्रहरी बल । पुष्पाको यस छनौटसँगै युवाहरुको सुरक्षानिकाय प्रतिको दृष्टिकोण सकारात्मक हिसाबमा बदलिएको पुष्टी हुन्छ ।

Source Link: ChetanTM

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !