लेटाङ घटनामा २० जनाविरूद्ध कर्तब्य ज्यान मुद्दा

RONB Update - Reporter
0
२१ चैत्र, विराटनगर (Source: eKantipur): उत्तरी मोरङमो लेटाङ घटना प्रकरणमा प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भाएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध मोरङ प्रहरीले जिल्ला अदालतमा सोमबार कर्तब्य ज्यान मुद्दा दर्ता गरेर ४३ जनाविरूद्ध अभद्र व्यवहारमा म्याद थप गरेको हो ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला सहित २० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरको हो । ज्यान मुद्दा पर्नेमा लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्यीय राम राई, १८ वर्यीय सन्तोष पौडेल, २० वर्यीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्यीय प्रदिप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।

Letang Ghatanama 20 Jana Birudda Kartabya Jyan Mudda

त्यसैगरी छिमेकी मिक्लाजुङ २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । यस्तै संजोग राईसहित ४२ जना विरूद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । अबको एक साताभित्रमा सबै अनुसन्धान पूरा गरी अदालतलाई मुद्दा जिम्मा दने तयारी भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको भनाइ छ । शिक्षकले छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा महिला प्रहरी श्रेष्ठको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले लेटाङमा चार दिन कर्फ्यू समेत लगाएको थियो ।

Source Link: eKantipur

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !