नेपालकै धेरै सब्सक्राइबर हुने मध्येको युट्युब च्यानल ओएसआर डिजिटल ह्याक

RONB Update - Reporter
0
२१ चैत्र, काठमाण्डौँ (Source: Techpana): नेपालको चर्चित युट्युब च्यानल ‘ओएसआर डिजिटल ’ ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् भने नाम उही नै छ । ह्याकरले ओएसआर डिजिटलको आधिकारिक लोगो हटाएर अर्को लोगो राखेका छन् । युट्युब च्यानलमाथि अनधिकृत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ ।

OSR Digital Ko YouTube Channel Hacked

ओएसआर डिजिटलको अन्य युट्युब च्यानल ‘ओएसआर रियालिटि’ र ‘ओएसआर मोभिज’ भने सुरक्षित छ। सन् २०१४ मा सुरु भएको यो युट्युब च्यानललाई ५४ लाख बढीले सब्सक्राइब गरेका छन् । यो च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा तेस्रो स्थानमा छ । केही दिनअघि अर्को चर्चित युट्युब च्यानल बुढासुब्वा डिजिटल ह्याक भएको थियो । बुढासुब्वा डिजिटल भने अहिले ह्याकरको पहुँचबाट मुक्त भइसकेको छ । दिनानुदिन चर्चित मानिएका युट्युब च्यानल ह्याक हुनुले साइबर सुरक्षालाई गम्भीर चुनौती दिएको छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !