ट्वीटरले गर्‍यो एडिट अप्सन राख्ने निर्णय

RONB Update - Reporter
0
२३ चैत्र, काठमाण्डौँ (Source: Techpana): ट्वीटरले अबको केही समयमा ट्वीट एडिट गर्न मिल्ने फिचर ल्याउने भएकाे छ । प्रयोगकर्ताकाे माग अनुसार कम्पनीले एडिट अप्सन थप गर्ने निर्णय लिएकाे हाे । बुधबार एक ट्वीट गर्दै ट्वीटरले एडिट अप्सन राख्ने कुरामा गत वर्षदेखि नै काम थालेको खुलाएको छ । मंगलबार एलन मस्कले ट्वीटरमा पोल क्रिएट गरे पश्चात याे विषय निकै चर्चित बनेको थियो । यसअघि एडिट अप्सनबारे चर्चा भए पनि सार्वजनिक चासोकाे विषय बनेकाे थिएन । तर, ट्वीटरले लामाे समयदेखि यसमा काम गरिरहेकाे खुलासा गरेकाे छ ।

ट्वीटरले एडिट अप्सनको उपाय एलन मस्कले ट्वीटरमा क्रिएट गरेको पोलबाट नलिएको पनि खुलाएको छ । ट्वीटर कन्जुमर प्रडक्टका प्रमुख जे सुल्लीभानका अनुसार एडिटिङ टुल्स ट्वीटरमा सर्वाधिक अनुरोध गरिएको फिचर हो । टाइम लिमिट, कन्ट्रोल्स र कुन कुरा एडिट गरियो भन्ने कुराको पारदर्शितालाई लिएर काम गर्न सकिएन भने एडिट फिचरको दुरुपयोग हुने कुरालाई मध्यनजर गर्दै त्यसैमा काम गरिरहेको उनले बताए । ट्वीटर प्रयोगकर्ताले धेरै समय पहिलेदेखि एडिट अप्सनबारे चर्चा गरेपनि कम्पनीले चासो नदिएको भएर ट्वीटरमा एडिट अप्सन मजाकजस्तै बनेको थियो ।

Twitter Ley Garyo Edit Option Rakhney Nirnaya

ट्वीटरका पूर्वप्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से भने ट्वीटरमा एडिट अप्सन राख्ने कुरामा हिच्किचाएका थिए । ट्वीटरमा एडिट अप्सन भएको खण्डमा प्रयोगकर्ताले आफूले पहिले गरेको ट्वीटको अर्थ एडिट गरेर अर्कै राख्दिन सक्ने भएकाले सो ट्वीटको खासै महत्त्व नहुने उनको बुझाइ थियो । यसकारण ट्वीटरमा एडिट अप्सन सम्भवतः कहिल्यै नराख्ने उनले २०२० मा गरेको एक ट्वीटमा उल्लेख थियो । ट्वीटर बाहेक अन्य सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्रामले प्रयोगकर्तालाई पहिले नै एडिट फिचर उपलब्ध गराएका थिए ।

जसबाट एडिट गरिएका अधिकांश पोस्टले त्यति नकारात्मक असर पारेको देखिँदैन । तर, मेटाका पूर्वसुरक्षा प्रमुख अधिकारी एलेक्स स्टामोसले फेसबुकको एडिटिङ फिचरले विगतमा स्क्यामरलाई क्रिप्टोकरेन्सी स्क्याम फैलाउन सहयोग गरेको आरोप लगाएका थिए । त्यसलै ट्वीटरमा पनि एडिट अप्सन हुनुले त्यति धेरै नकारात्मक असर नपार्ने देखिन्छ । तर, ट्वीटरमा एडिट अप्सन नहुनुले यसलाई अन्य सामाजिक सञ्जालका एपभन्दा अद्वितीय बनाएको थियो । त्यस कुरामा भने ट्वीटरलाई केही प्रभाव पर्न सक्छ ?

ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालको नियुक्तिसँगै ट्वीटरमा एडिट बटन राख्ने कुरा अघि बढेको थियो । अप्रिल १ मा कर्पोरेटको वार्षिक उत्सवका अवसरमा ट्वीटरको आधिकारिक अकाउन्टले एडिट बटनमा काम गरिरहेको खुलाएको थियो । तर, त्यस समयमा ट्वीटरको सो ट्वीटलाई मानिसले मजाकका रूपमा लिएका थिए । ट्विटरको सो ट्वीटलाई मजाकका रूपमा लिएपछि ट्वीटरका प्रडक्ट हेड माइकल साइमनले आधिकारिक सूचना भएको खुलाए थिए ।

त्यसको केही दिनपछि टेस्लाका कार्यकारी अधिकृत एलन मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर खरिद गरेपश्चात ट्वीटरमा एडीट अप्सनबारे पोल क्रेट गरेका थिए । जसमा ७३.४ प्रतिशत मानिसले राख्नुपर्छ भन्ने पक्षमा थिए । यसअघि ट्वीटरले आफ्ना ब्लु सब्स्क्राइबरका लागि अनडु (Undo) फिचर ल्याएको थियो । जसको माध्यमबाट प्रयोगकर्ताले ट्वीट पब्लिस गर्नुपूर्व सही भए/नभएको हेर्न सक्छन् ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !