आइजिपी नियुक्तिविरूद्ध दुई एआइजी अदालत जाँदै

RONB Update - Reporter
0
१८ बैशाख, काठमाण्डौँ (Source: Setopati): नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक (एआइजी)द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्। सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको हो। उनीभन्दा सिनियर रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारी गरेका हुन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

IGP Niyukta Biruddha 2 AIG Adalat Jadai

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए। आफूहरूभन्दा ढिला बढुवा भएका सिंहलाई आइजिपी बनाएपछि आइजिपीद्वय पोखरेल र थापा असन्तुष्ट छन्।

‘नेपाल प्रहरीको आईजीपी नियुक्तिमा यति ठूलो अन्याय इतिहासमै कहिले पनि भएको थिएन, एकै मितिका प्रतिस्पर्धीमध्येबाट नियुक्ति गर्दा पनि पहिलो वरियतालाई गरिन्थ्यो, अहिले त १८ महिना र १० महिना सिनियरलाई पन्छाएर एक महिना अघि बढुवा भएकालाई नेतृत्वमा लगियो,’ एआईजी पोखरेलले कान्तिपुरसित भने, ‘आईजीपीमा बढुवा भएका व्यक्ति एआईजी बढुवा विरुद्धको मुद्दा खेपिरहेका व्यक्तिलाई आईजीपी नियुक्ति गरेर सरकारले प्रहरी संगठनमाथि प्रहार गरेको छ, यस विरुद्ध न्यायका लागि सम्मानित अदालत जान्छौं ।’

उनले प्रहरी संगठनको मूल्य, मान्यता र समग्र रुपमा विधि/पद्धति स्थापित गर्न पनि अदालत जानुको विकल्प नभएको उनले बताए ।

एआईजी सहकुल थापाले प्रहरी संगठनको मूल्यमान्यता र विधि/पद्धति जोगाइराख्न पनि अदालत जानुका विकल्प नभएको बताए । ‘स्थापित मूल्यमान्यताभन्दा बाहिर गएर सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि यस विरुद्ध अदालत जानुको विकल्प छैन, न्यायका लागि पनि अदालत जान्छौं,’ उनले भने, ‘यसकै लागि कानुनी परामर्शमा हामी जुटेका छौं ।’

सरकारले नेपाल प्रहरीको इतिहासमै पहिलो पटक संगठनको विधि र पद्धतीलाई ठाडै कुल्चेर स्वेच्छाचारी ढंगबाट नेतृत्व चयन गरेको उनले बताए ।

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !