भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?

RONB Update - Reporter
0
२६ बैशाख, काठमाण्डौँ (Source: Techpana): आउँदो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैन । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म चल्ने मतदानका लागि आज रातीबाट मौन अवधि सुरु हुँदैछ । यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रोक लगाएको छ ।

Vote Halna Jada Mobile Laijana Paix Ki Paidainh

निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय विषयमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई होच्याउने, एउटा उमेदवारको फोटोलाई अर्को उम्मेदवारको फोटोमा जोड्ने, सामाजिक सञ्जालमा चुनाब भड्काउने खालका कुनै पनि क्रियाकलाप गर्न नपाउने लगायतका व्यवस्था गरिएका छन् ।
Vote Halna Jada Mobile Laijana Paix Ki Paidainh

त्यतिमात्रै नभएर निर्वाचन आचार संहिताले मतदान केन्द्रमा जाँदा अपनाउनु पर्ने केही प्रावधानहरू पनि तोकिदिएको छ । यस्तोमा धेरैलाई मतदान केन्द्रमा जाँदा मोबाइल लैजान पाइन्छ कि पाइदैन भन्ने दुबिधा पनि हुनसक्छ । किन भने आफूले हालेको मतपत्रको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने चाहना कतिपयलाई हुनसक्छ ।

Vote Halna Jada Mobile Laijana Paix Ki Paidainh

तर, निर्वाचन आचार संहिताले भने त्यस्ता क्रियाकलापलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । स्थानीय निर्वाचन आचार संहिता, २०७९ अनुसार केन्द्रमा मतदान गर्न स्वीकृत पाएको व्यक्तिले साथमा मोबाइल, क्यामेरा जस्ता कुनै पनि फोटो खिच्न सकिने उपकरण बोकेर जान नपाउने स्पष्ट पारेको छ ।

Source Link: Techpana
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !