जिम्बावेसँग नेपाल ६ विकेटले पराजित

RONB Update - Reporter
0
१८ बैशाख, काठमाण्डौँ (Source: Gorkhapatra): नेपाल जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा पाहुना टोली जिम्बावेसँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।

जिम्बावेका लागि टाडी वानासा मारुमानीले सर्वाधिक ५६ रन बनाउनुभयो । कप्तान टोली मुनयोङ्गाले ५० रन र ओपनर इन्सेन्ट कैयाले ४७ रन बनाउनुभयो । बलिङमा नेपालका बसिर अहमदले दुई तथा करण केसी र कप्तान सन्दीी लामिछानेले एक एक विकेट झार्नुभयो ।

Zimbabwe Sanga Nepal 6 Wicket Ley Parajit

यसअघि टर हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित सर्वाधिक ४७ रन बनाउनु भयो । कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३९ र दिपेन्द्रसिंह ऐरीले २८ रन बनाउनुभयो । आरिफ शेख दुई रनमा आउट हुनुभयो । करण केसी चार रनमा अविजित रहनुभयो ।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले एक एक विकेट लिनुभयो । नेपालले जिम्बोवेसँग अब सोमबार र बुधबार टी–२० सिरिज तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ ।

जिम्बावेविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान)
कुशल भुर्तेल
आशिफ शेख
रोहितकुमार पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
आदील अन्सारी
बसिर अहमद
सोमपाल कामी
करण केसी
अविनाश बोहरा

Source Link: Gorkhapatra
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !