मतदाता नामावलीमा त्रुटि भए सच्याउन के गर्ने ?

RONB Update - Reporter
0
१० फागुन, काठमाण्डौँ (Source: Ratopati): निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।

Matadan Namaolima Truti Bhaya Sachyauna K Garney

आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।

Source Link: Ratopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !