प्रधानमन्त्रीसामू एमालेको शर्त : १४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा

RONB Update - Reporter
0
१३ फागुन, काठमाडौं (Source: Onlinekhabar): प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ । नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

Pradhanmantrisamhu Amaleyko Sarta 14 Sansadlai Karwahi

एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । ‘स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले ससदनमा छलफल गर्ने वातावरण बनाउनुपर्‍यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने । संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !