एनएमबि बैंकको नयाँ खाता, मेरो शेयरदेखि डलर कार्डसम्म निःशुल्क

ChetanTM
0
१२ फागुन, काठमाण्डौँ (Source: Techpana): एनएमबि बैंक लिमिटेडले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यु-वाह! डिजी सेभिङ्स’ ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका नागरिकले यो खाता खोल्नसक्ने छन् । यो खाताअन्तर्गत शुन्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो शेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप-अप) मा पनिःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक १२ सयसम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभ पनि उपलब्ध गराउने छ ।

NMB Bank Ko Naya Khata Meroshare Deykhi Dollarcad Samma Nisulka

यसका अतिरिक्त बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ ।


Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !