पुटिनले गरे युक्रेनमा सैन्य कारबाहीको घोषणा

ChetanTM
0
१२ फागुन, काठमाण्डौँ (Source: Setopati): रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्।

सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।पुटिनको यो घोषणासँगै रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ। पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्।

Putin Ley Garey Ukrainema Sainya Kabahiko Ghosana

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। 'यो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्। संसारले रूसलाई जवाफदेही बनाउनेछ,' बाइडेनले भनेका छन्। रूसको पछिल्लो कदमबारे बाइडेनले अमेरिकी नागरिकलाई आज सम्बोधन पनि गर्दैछन्।

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !