पुराना कम्प्युटरलाई नयाँ बनाउन सकिने गुगलको नयाँ क्रोम ओएस

ChetanTM
0
१२ फागुन, काठमाडौं (Source: Techpana): गुगलले एप्पलका कम्प्युटर तथा म्याकलाई लक्षित गर्दै क्रोम ओएसको नयाँ भर्सन अर्थात ‘क्रोम ओएस फ्लेक्स’ सार्वजनिक गरेको छ । बिजनेश तथा विद्यालयहरूमा रहेका पुराना कम्प्युटर तथा म्याकलाई लक्षित गर्दै गुगलले यो अप्रेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

क्रोम ओएस फ्लेक्स केही मिनेटको अन्तरालमै डिभाइसमा इन्स्टल हुने जनाइएको छ । जुन क्रोम बुकमा उपलब्ध गराउँदै आएको क्रोम ओएस जस्तै रहेको छ । हुन त यसअघि पनि गुगलले पुराना डिभाइसलाई क्रोम ओएसमा परिणत गर्न मिल्ने गरी ‘क्लाउड रेडी’ एप निर्माण गरेको थियो ।

Purana Computerlai Naya Banauna Sakiney Googleko Naya Chrome OS

सोही ‘क्लाउड रेडी’ लाई नै ओएसको रुपमा निर्माण गरी अब पुराना कम्प्युटर तथा म्याकमा प्रयोग गर्न सकिने बनाएको हो । पुराना डिभाइसमा उपलब्ध फिचरका आधारमा काम गर्न सक्ने गरी कम्पनीले यो ओएस निर्माण गरेको जनाइएको छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !