२१ हजार प्रहरीको बढुवा गर्न बाटो खुल्यो

RONB Update - Reporter
0
०७ चैत्र, काठमाण्डौँ (Source: Onlinekhabar): सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ । यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको हो ।

21 Hajar Prahariko Badhuwa Garney Bato Khulyo

सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने थियो । अर्थात कम्तिमा थपिएका पदमा बढुवा गर्न मिलेन । त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो । एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्ने गरी नियमावलीमा संशोधन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।

Source Link: Onlinekhabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !