भोलि मिति २०७८/१२/०१ गते देखि फेरि बन्द हुँदै ड्राइभिङ लाइसेन्सको आवेदन

RONB Update - Reporter
0
३० फागुन, काठमाण्डौँ (Source: Techpana): यातायात व्यवस्था विभागले भोलि ९चैत १० गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ ।

अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । पुराना सबै काम सकाउने निर्णय भएका कारण कहिलेसम्म अनलाइन आवेदन बन्द हुने र कहिलेदेखि खुल्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय नलिएको उनले बताए ।

Bholi Deykhi Feri Banda Hudai Driving License Ko Form

विभागले सेवाग्राहीको सुविधाका लागि अनलाइन आवेदनको सुरुवात गरेको थियो । योभन्दा अगाडि पनि अनलाइनबाट आवेदन फारम भर्नेको संख्या उल्लेख्य बढेपछि विभागले विहान १० देखि साझ ५ बजेभित्रको समयमा मात्र आवेदन भर्न नमिल्ने व्यवस्था गरेको थियो ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !