स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिने, तलब-भत्ता ४४ हजार सम्म

RONB Update - Reporter
0

३० फागुन, काठमाण्डौँ (Source: Ratopati): स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो ।

Useful Links

२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ । चैतको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउँछन् ।’

म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन बाँकी छ । सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ ।

१ लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ । एक साताको तालिम चलाउन १ करोड ५४ लाख खर्च हुने आकलन गरिएको छ । केन्द्रले तोकेको संख्यामा जिल्ला प्रहरी कार्यालयहरूले म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रवक्ता केसीले बताए । कुन जिल्लामा कत्ति म्यादी चाहिन्छ भन्ने मतदान केन्द्र अनुसार निर्धारण गरिन्छ ।  यस सम्बन्दी सम्पुर्ण विवरण हेर्न यहाँ Click गर्नुहोस ।

Esthaniya Chunabma 1 Lakh Myadi Prahari Bharna Garney

म्यादी प्रहरीले पाउने तलब, रासर र सेवा सुविधा सम्बन्धि जानकारी

म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि नेपाल प्रहरीको प्रहरी जवानले पाए सहर मासिक आधारभुत तलब रु २२६८० अर्थात दिनको ७५६ रुपैयाको दरले तलब दिईन्छ । अर्थात ४० दिनको लागि म्यादी प्रहरी भर्ना गरिएमा रु ७५६ का दरले ४० दिनको जम्मा रु ३०२४० म्यादी प्रहरीले तलब बापत पाउने रकम हुन जान्छ ।

म्यादी प्रहरीलाई खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रु ७२०० परदान गरिन्छ ।

म्यादी प्रहरीलाई निर्वाचन अवधीभर तोकिएको बमोजिमको पोशाक प्रयोग गर्नको तथा अन्य सामन खरिद गर्नको निम्ति रु ६००० का दरले उपलबध गराईनेछ ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी रु १००० का दरले तयारी खर्च उपलब्ध गराईने छ ।

नेपाल सरकारले तोके बमोजिम बीमा लगायतका अन्य सुविधा समेत म्यादी प्रहरीलाई प्रदान गरिन्छ ।


Source Link: ChetanTM & Ratopati

YouTube Video Loading...

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !