गुगल म्यापले ठेगाना गलत देखाइरहेको छ ? यसरी सच्याउनुहोस्

RONB Update - Reporter
0
२९ फागुन, काठमाण्डौँ (Source: Techpana): गुगल म्याप्स विश्वभर सबैभन्दा लोकप्रिय म्याप तथा नेभिगेसन एपमध्ये एक हो । दैनिक दशौँ लाख प्रयोगकर्ताले यसको प्रयोग गरिरहेका हुन्छन् । पछिल्लो समय अनलाइन बजार तथा ई-कमर्सको प्रचलन पनि बढ्दै गएको छ । यस्तोमा कम्पनीहरूलाई आफ्नो उत्पादन डेलिभरीका लागि मात्र नभएर आफ्नो कम्पनी, पसल तथा व्यवसायसम्म ग्राहकलाई सजिलो बनाउन गुगल म्याप्सको ठेगाना महत्त्वपूर्ण हुन्छ । तर कहिलेकाहिँ यदि कुनै ठेगाना गलत छ अथवा ठेगाना परिवर्तन भयो भने कम्पनी, प्रयोगकर्ता, ग्राहक वा सेवाग्राहीलाई समस्याको सामना गर्नुपर्ने हुन्छ । सम्बन्धित लोकेसन धनीका लागि यो विषय निकै तनावको विषय समेत बन्नसक्छ ।

Google Map Ley Theygana Galat Deykhako Yesari Sachyaunus

यस किसिमको समस्या समाधान गर्नका लागि गुगलले आफ्ना प्रयोगकर्तालाई सार्वजनिक रुपमा ठेगाना थप गर्ने वा इडिट गर्ने सुविधा दिने गरेको छ । गुगल म्याप्समा कुनै क्षेत्रको भौगोलिक जानकारी अझ राम्रोसँग व्यवस्थित गर्नका लागि सङ्गठन तथा सरकारहरूले भौगोलिक डेटा अपलोड टुलको सहयोगमा कयौँ ठेगाना सच्याउन सक्छन् ।

कम्प्युटरबाट कसरी सच्याउने गुगल म्याप्सको गलत ठेगाना ?

  • सबैभन्दा पहिला कुनै वेब ब्राउजरमा गुगल म्याप्स खोल्नुहोस् ।
  • अब सर्च बारमा एड्रेस सर्च गर्नुहोस् ।
  • पेजको बायाँ तर्फ लोकेसन सेक्सनमा माउस लगेर स्क्रोल गर्नुहोस् र ‘सजेस्ट एन इडिट’ मा क्लिक गर्नुहोस् । अब त्यसभित्र सुरुमा रहेको ‘चेञ्ज नेम ओर अदर डिटेल’ मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि त्यहाँ तपाईँले स्थानको नाम, त्यसको समूह, ठेगाना, खुल्ने समय, तस्वीर, सम्पर्क नम्बर र वेबसाइट राख्न तथा सच्याउन सक्नुहुन्छ । साथै त्यहाँ देखिने म्यापमा रहेको ‘इडिट म्याप लोकेसन’ मा गएर कुनै स्थानको लोकेसन सच्याउन तथा परिवर्तन गर्न सक्नुहुनेछ ।

स्मार्टफोनमा के गर्ने ?

  • यसका लागि सबैभन्दा पहिला आफ्नो फोनमा गुगल म्याप एप खोल्नुहोस् ।
  • अब सर्च बारमा आफूले सच्याउन वा परिवर्तन गर्न चाहेको स्थानको नाम राखेर खोज्नुहोस् ।
  • त्यसपछि लोकेसनको नाममा ट्याप गर्नुहोस् र माथितर्फ स्वाइप गर्नुहोस् ।
  • अब त्यहाँ तपाईँले ‘सजेस्ट एन इडिट’को अप्सन देख्नुहुनेछ, त्यसमा थिच्नुहोस् ।
  • यति गरिसकेपछि दुई ओटा विकल्प देखिनेछन्ः ‘चेञ्ज नेम एन्ड अदर डिटेल्स’ र ‘क्लोज अर रिमुभ’ ।
  • अब सुरुको विकल्प ‘चेञ्ज नेम एन्ड अदर डिटेल’ मा जानुहोस् र म्यापमा रहेको लोकेसन सच्याउने तथा परिवर्तन गर्नुका साथै विवरण थपघट गर्न सक्नुहुनेछ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !