बिहानैदेखि मापसे : उपत्यकामा १ सय ६३ सवारी नियन्त्रणमा

RONB Update - Reporter
0
०३ चैत्र, काठमाण्डौँ (Source: Ratopati): होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले रातोपाटीलाई बताए । समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।

Bihana Deykho Upatyakama Traffic Checking

काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । चार ठाउँमा राडार गनबाट गति निगरानी गरिएको छ । सातदोवाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यबिनायकमा राडारबाट गति निगरानी गरिएको छ । सवारी–साधन चेकजाँचका लागी १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !