म्यादी प्रहरीमा भर्ना (आवश्यक योग्यता, छनौट प्राथमिकता, सेवा र सुविधाहरु) सम्बन्धी जानकारी

RONB Update - Reporter
0
०६ चैत्र, काठमाण्डौँ (Source: ChetanTM): मिति २०७८ साल चैत्र ६ गते देखि चैत्र ११ गते सम्म नेपाल प्रहरीले म्यादी प्रहरी कर्मचारीको लागि दरखास्त फारम भर्न सुरु गरेको छ । स्थानिय निर्वाचन २०७९ शान्तिपूर्ण सफल पार्न ४० दिनको लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न सुरु गरिएको छ । जसअन्तरगत मिति २०७८/१२/११ गते सम्ममा १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेकाहरुले फारम भर्न पाउनेछन ।

Useful Link:
Myadi Police Vacancy Update

म्यादी प्रहरीमा भर्ना हुन आवश्यक योग्यता

  • नेपाली नागरीक हुनुपर्ने
  • १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको
  • साधारण लेखपढ गर्न जान्ने
  • नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको
  • राजनितीक दलको सदस्य नरहेको
  • आतंककारी संगठनको सदस्य नरहेको
  • शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको
  • अन्य व्यवस्था प्रहरी नियमावली, २०७१ को अनुसूची ३ प्रहरी जवान पदको लागि तोकिएका न्यूनतमा योग्यता बमोजिन हुने

म्यादी प्रहरी छनौट प्राथमिकताका आधारहरु

  • म्यादी प्रहरी छनौट प्राथमिकताको पहिलो आधार: सुरक्षा निकाय (नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) मा विभिन्न पदमा २०७८ साल महिनादेखि भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरूती र स्वास्थय परीक्षणमा उर्त्तीण भएका प्रवेश पत्रको प्रतिलीपि पेश गर्ने व्यक्ति ।
  • दोस्रो आधार: नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनामा कार्यरत रही निवृतिभरण वा उपदान प्राप्‍त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षक ।
  • तेस्रो आधार: विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक ।
  • चौथो आधार: विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम व्यक्ति ।
  • पाँचौ आधार: यस मापदण्डको दफा ५.१ बमोजिमको योग्यता पुगेको व्यक्ति ।

म्यादी प्रहरीले पाउने सेवा र सुविधाका शर्तहरु:

  • म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत तलब) मानसिक रू. २२६८०/- बढी ४० दिनसम्मको लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब रू. ३०,२४०/- उपलब्ध हुनेछ ।
  • खाद्यान्न वापत प्रतिव्यक्ति एकमुष्ट रू. ७२००/- उपलब्ध हुनेछ ।
  • पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति रू. ६०००/- का दरले उपलब्ध हुनेछ ।
  • निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएकप ठाँउमा आउन र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकपटकको लागि रू १ (एक) हजारका दरले तयारी खर्च उपलब्ध गराउने ।
  • कर्तव्य पालनाको सिलसिलामा म्यादी प्रहरी घाईते भएमा निज स्वयले र मृत्यृ भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएको बमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।
  • तोकिएको अवधिभन्दा अगावै गैर हाजिर रही अनिपस्थित रही छाडी हिडेमा वा जिम्मरवारी पूरा गनरी भागेमा त्यस्तो म्यादी प्रहरीलाई कुनै सुविधा दिईने छैन ।
  • नियुक्तिको प्रकृयामा रहेको अवस्थामा अथवा नियुक्ति भइसकेको भएता पनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वत: रद्द हनेछ ।
  • म्यादी प्रहरीको आचरण निर्वाचन आचार संहित एवं प्रहरी एन/नियमावली विपरीत भएमा निजको नियुक्ति जुनसुकै बखत रद्द गर्न सहिन्छ ।
  • म्यादी प्ररहीले यस मापदण्ड बमोजिम पाउने सुविधाको ७५% ३० दिन काम गरेपछि र बाँकी २५% अवकाश पत्र प्राप्त गरेपछि भुक्तानी दिइनेछ ।
  • कुनै किसिमको विदा वा तोकिएको भन्दा बढी सुविधा दावी गर्न पाईने छैन ।
  • कुनै पनि म्यादी प्रहरीले कुनै पनि विदा वा ड्यूटी अफ (Duty Off) पाउने छैनन् ।

Nepal Police Vacancy for Myadi Police

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !