फेसबुकले खोल्यो टिकटक अकाउन्ट

RONB Update - Reporter
0
०२ चैत्र, काठमाण्डौँ (Source: Techpana): छोटो भिडिओ पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडिओ बनाउन मिल्ने फिचर थप गरेका छन् । यसैबीच मेटाले फेसबुक प्रयोगकर्ताका लागि पनि छोटो भिडिओ फिचर ‘रिल्स’ सार्वजनिक गरेको छ । तर रिल्स सार्वजनिक भएको केही समय पनि नबित्दै फेसबुक आफैं टिकटकमा आएको छ ।

फेसबुकले टिकटकमा आफ्नो अकाउन्ट खोलेकाे छ । हुन त उक्त अकाउन्टमा फेसबुकले कुनै पनि भिडिओ पोस्ट गरेको छैन, तर अकाउन्टमा १८ हजारभन्दा बढीले फलो गरिसकेका छन् । हुन त यो भन्दा अगाडि पनि फेसबुकले आफ्नो नामको ट्वीटर अकाउन्ट खोलेको थियो, जुन अहिले हटिसकेको छ । तर कम्पनीको नामबाट खोल्ने हो भने त टिकटक अकाउन्टको नाम ‘मेटा’ हुनुपर्ने भन्ने धारणा पनि व्यक्त भएका छन् ।

Facebook Ley Kholyo TikTok Account

फेसबुक नाममा टिकटक अकाउन्ट खोल्नु पछाडिको कुनै कारण भने बाहिरिसकेको छैन । तर कम्पनीले यो अकाउन्ट साँच्चै नै फेसबुक अर्थात मेटाको नै हो भनेर भने स्वीकारी सकेको छ । टेकक्रन्चसँगको कुराकानीमा फेसबुकका प्रवक्ताले सामाजिक सञ्जालका प्रयोगकर्ताबीच आफ्नो उपस्थिति जनाउन अकाउन्ट खोलेको बताएका छन् ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !