फेसबुक प्रोफाइलमा यसरी राख्नुहोस् थर बिनाको नाम

RONB Update - Reporter
0
०२ चैत्र, काठमाण्डौँ (Source: Techpana): सामाजिक सञ्जाल फेसबुकमा अकाउन्ट खोल्दा तपाईंले आफ्नो पुरा नाम राख्नुपर्छ । अर्थात् एक शब्द वा थर बिना तपाईंले फेसबुक प्रोफाइल बनाउन सक्नुहुन्न । तर फेसबुकले केही देशमा एउटा मात्र शब्द (नाम) राख्न पाउने व्यवस्था मिलाएको छ । नेपालमा यो फिचर उपलब्ध नभएपनि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरी एउटा मात्र शब्दको प्रोफाइल नाम राख्न सकिन्छ ।

(toc) #title=(फेसबुक प्रोफाइलमा यसरी राख्नुहोस् थर बिनाको नाम )

Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

इन्डोनेसियामा प्रायः मानिसको एउटामात्र नाम हुन्छ । इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नो र सुहार्तोको फेमिली नेम, अर्थात् थर थिएन । त्यसैले फेसबुकले इन्डोनेसियामा एउटा मात्र नामको अकाउन्ट राख्न दिनु स्वाभाविक हो । तपाईंले इन्डोनेसियाकै भीपीएन प्रयोग गरेर एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।

फेसबुक प्रोफाइलमा यसरी राख्नुहोस् थर बिनाको नाम:

यसका लागि पहिले एन्ड्राेइड मोबाइलको गुगल प्ले स्टोरमा VPN -Indonesia नामको एप डाउनलाेड गरेर कनेक्ट गर्नुहोस् वा अन्य कुनै भीपीएनबाट इन्डोनेसियाको सर्भरमा कनेक्ट गर्न सक्नुहुन्छ ।

यति गरिसकेपछि आफ्नो फेसबुक अकाउन्टको सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् ।

Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

‘सेटिङ एण्ड प्राइभेसी’ भित्र पर्सनल इन्फर्मेसनमा जानुहोस्।


Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

त्यहाँ ‘नेम’ सेक्सनमा गएर नाम परिवर्तन गर्न वा एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।

Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

त्यसपछि परिवर्तन भएकाे नाम सेभ गर्न आफ्नो फेसबुक पासवर्ड राख्नुहोस् ।

Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

यति गरिसकेपछि तपाईंको फेसबुक प्राेफाइलकाे नाम परिवर्तन हुनेछ ।

Facebook Profile Ma Thar Binako Name Yesari Rakhnus

यसरी तपाईंले फेसबुक अकाउन्टमा एउटा मात्र नाम राख्न सक्नुहुन्छ ।

नोट: तपाईंले फेसबुक प्रयोग गर्दा लगईनको आईपी एड्रेस फेसबुकले जाँच गर्छ । त्यो जाँचमा तपाईंको आईपी एड्रेस लोकेसनसँग एसोसिएट नभएको पाइएमा तपाईंको अकाउन्ट अस्थायी रुपमा ब्लक पनि हुनसक्छ । त्यसपछि तपाईंले त्यो ब्लक हटाउन फेसबुकलाई आधिकारिक कागजात बुझाउनुपर्ने सम्म हुनसक्छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !