स्मार्ट लाइसेन्स आवेदन दिइसकेकाको ट्रायल ३ महिनाभित्रै, कहिले खुल्छ नयाँ आवेदन ?

RONB Update - Reporter
0
०२ चैत्र, काठमाण्डौँ (Source: Techpana): सरकारले यही चैत १ देखि अनिश्चितकालका लागि सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को अनलाइन आवेदन स्थगित गरेको छ । अनलाइनबाट अत्यधिक आवेदन आउँदा लाइसेन्स वितरण प्रणाली नै अस्तव्यस्त बनेपछि यातायात व्यवस्था विभागले यस्तो कदम चालेको हो । विभागका अनुसार अनलाइन आवेदन दिनेहरू मध्ये ट्रायलका लागि निर्धारित स्थलमा पुग्नेको सङ्ख्या १५ देखि २० प्रतिशत मात्र हुने गरेको छ ।

‘तत्काल आवश्यक नै नभएकाहरूले समेत आवेदन दिएपछि ट्रायलका लागि एक वर्षभन्दा धेरै समय कुर्नुपर्ने अवस्था बनेको छ,’ यातायात विभागका एक आईटी इन्जिनियरले भने, ‘एक डेढ वर्षपछि मात्र आफ्नो पालो आउने जस्तो भएपछि सकेसम्म जोसुकैले अनलाइन आवेदन दिन थाले । यसले झन् अस्तव्यस्त बन्यो ।’ विभागका अनुसार आवश्यक भएका, वास्तविक तथा योग्य आवेदकहरूको ट्रायल अबको तीन महिनाभित्रै सम्पन्न गर्ने तयारी भइरहेको छ । यस्तोमा एक वर्षपछि ट्रायलको पालो रहेका आवेदकलाई समेत त्यस अघि नै सम्पर्कमा आउनेगरी सूचना प्रकाशित गरिनेछ ।

‘तीन महिनाभित्रै प्राप्त आवेदनको ट्रायल प्रक्रिया सम्पन्न गरी नयाँ आवेदन खुला गर्ने योजना छ,’ ती आईटी इन्जिनियरले भने, ‘त्यसका लागि नयाँ सिस्टम तयार पार्दैछौँ । जसमा ओटीपी कोड लगायतको भेरिफिकेसन प्रक्रिया रहने र ट्रायलको मिति आफैँ छनौट गर्ने सुविधा पनि हुनेछ । त्यस्तो अवस्थामा अनावश्यक आवेदनको चाङ लाग्ने अहिलेको समस्या समाधान हुने हाम्रो अपेक्षा छ ।’ यातायात व्यवस्था विभाग र कार्यालयहरूको वर्तमान क्षमता नै आवश्यक मात्रामा लाइसेन्स वितरण गर्न पर्याप्त रहेको उनले बताए ।

Smart License Ko Trail 3 Mahina Bhitra Kailey Khulx Naya Aabedan

वैशाख १६ देखि स्थगित गरिएको स्मार्ट लाइसेन्सको अनलाइन आवेदन गत कात्तिक ७ गतेमात्रै खुलाइएको थियो । आवेदन खुलेको पाँच महिना नपुग्दै पुनः स्थगित भएको छ । प्राप्त आवेदनको ट्रायल प्रक्रिया सम्पन्न गरेपश्चात् मात्रै नयाँ आवेदन खुल्ला गर्ने योजना रहेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार देशभर करिब चार लाख आवेदन व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । यसरी आगामी जेठभित्र पुराना आवेदनको ट्रायल प्रक्रिया समेत सम्पन्न गरी नयाँ आवेदन खुलाउने विभागको योजना छ । विभागले ट्रायल पास गरेका सवारी चालकलाई क्यूआर कोड सहितको एक वर्षे अस्थायी लाइसेन्स दिँदै आएको छ । माग तथा आपूर्तिबीच सन्तुलन कायम गर्न त्यसपछि मात्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था मिलाइएको छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !