जीमेलका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

RONB Update - Reporter
0
०७ चैत्र, काठमाण्डौँ (Source: Techpana): कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् । 

(toc) #title=(जीमेलका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ)

Gmail Ka 5 Trick Jun Tapailai Thana Nahuna Sakx

प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको हुन्छ । यस्तो अवस्थामा आज हामी तपाईंलाई जीमेलका सिक्रेट केही फिचरहरुको बारेमा बताउँदै छौं । जसले तपाईंको समस्यालाई कम गर्ने मात्र छैनन्, त्यसका साथै जीमेलको स्मार्ट प्रयोगकर्ता समेत बनाउनेछ ।

जीमेलका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

म्युट फिचर

फिसमा प्रयोग हुने ग्रुप मेलको थ्रेड म्यासेजले कहिले काहिँ तपाईंलाई रिस उठाइरहेका हुनसक्छन् । कामको दौरान थ्रेड म्यासेजहरुले हामीलाई कतिपय समय डिस्टर्ब गरिरहेका हुन्छन् । खास गरेर जब तपाईं घरको काममा व्यस्त हुनुहुन्छ, त्यतिबेला यस किसिमको समस्या महसुस भइरहेको हुन्छ । यसलाई रोक्नको लागि तपाईं एक्टिभ ग्रुपलाई म्युट गर्न सक्नुहुन्छ । यसले थ्रेडको म्यासेजलाई अर्काइभमा पठाउनेछ । जहाँ तपाईं फुर्सदको समयमा चेक गर्न सक्नुहुन्छ । म्युट गर्नका लागि थ्रेड म्यासेजको तीन वटा थोप्ला भएको स्थानमा क्लिक गर्नुहोस् । जहाँ म्युट बटन देखा पर्ने छ । यो क्लिक गर्ने बित्तिकै कुराकानी म्युट हुनेछ । यसपछि, यदि तपाईं कन्भर्सेसनलाई अनम्युट गर्न चाहुनुहुन्छ कन्भर्सेसनमा क्लिक गर्नुहोस् र फेरी अनम्युट बटनमा क्लिक गर्न सक्नुहुन्छ ।

स्नुज

स्नुज एकप्रकारको अलार्म बटन हो । यसले तपाईंको समय बचत गर्ने काम गर्दछ । मतलब यदि तपाईंलाई कुनै महत्त्वपूर्ण म्यासेज आयो, जसलाई तपाईं मिस गर्न चाहनु हुन्न । तर त्यस समय तपाईंसँग आरामसँग उक्त म्यासेज पढ्न समय छैन । यस्तो अवस्थामा स्नुज बटन प्रयोग गरेर तपाईं निश्चित समयमा ईमेल चेक गर्न सक्नुहुनेछ। यसबाट तपाईंको कुनै पनि ईमेल अपडेट हराउने छैन । स्नुज बटन प्रयोग गर्नका लागि म्यासेजमा ट्याप गर्नुपर्ने हुन्छ। यसपछि तपाईं निश्चित मिति र समयमा स्नूज गर्न सक्नुहुन्छ ।

अटो एड्भान्स फिचर

यो चाहि अनावश्यक म्यासेज तथा ईमेलहरु डिलिट गर्ने एउटा सजिलो तरिका हो । यसमा एउटा ईमेल मेटाएपछि दोस्रो ईमेल स्वतः रूपमा आउँदछ । यसको मतलब तपाईं फेरी इन्बक्समा जानुपर्दैन । यसका लागि सुरुमा सेटिङमा जानुहोस् । त्यहाँबाट अटो एड्भान्स अप्सन चयन गर्नुहोस् । यसपछि अन बटनलाई इनेबल गर्नुहोस् ।

एडभान्स सर्च फिचर

अक्सर ईमेल खोज्न धेरै समय खर्च भइरहेको हुन्छ। यसबाट जोगिनका लागि तपाईं एड्भान्स सर्च अप्सन रोज्न सक्नुहुन्छ । यसलाई प्रयोग गर्न सर्च अप्सनको दायाँतर्फ क्लिक गर्नुपर्ने हुन्छ । जहाँ एक अतिरिक्त ट्याब खुल्नेछ । त्यसबाट तपाईं समय, मिति र कीवर्डको आधारमा आफ्नो इन्बक्समा भएको ईमेल खोजी गर्न सक्नुहुनेछ ।

ठूला आकारका फाइल पठाउने ट्रिक

जीमेलबाट ठूला साइजका फाइलहरू ट्रान्सफर गर्दा प्रयोगकर्ताले निकै कष्ट महसुस गरिरहेका हुन्छन् । तर एउटा तरिका अपनाउनु भयो भने तपाईं ठूला आकारका फाइल जीमेलमार्फत पठाउन सक्नुहुन्छ । सामान्यतया प्रयोगकर्ताहरु ईमेलमा पीडीएफ, वर्ड डक्स, तस्वीरलाई अट्याच गरेर ट्रान्सफर गरिरहेका हुन्छन् । यदि तपाईंले गूगल ड्राइभमा राखेर त्यसको लिङ्क प्रयोग गर्नुभयो भने तपाईंले २५ एमबीभन्दा ठूला साइजका फाइल समेत सहजै पठाउन सक्नुहुन्छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !