गोकर्णेश्वर दुर्धटना: सृष्टि र श्रेया स्कूल पुग्नै पाएनन्

RONB Update - Reporter
0
१६ चैत्र, काठमाण्डौँ (Source: Onlinekhabar): गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीको साँघुरो गल्लीमा एउटा टिपर रोकिएको छ । टिपरको अगाडीको चक्का मुनी सेतो कपडाले ढाकेको एउटा शव छ अनि पछाडिको चक्का मुनी अर्को शव । नयाँपाटीको यो दृश्यले जो कोहीलाई निःशब्द बनाउँछ । यी शव दुई कलिला नानी सृष्टि र श्रेया घिसिङको हो । जो बुधबार बिहान स्कूल जान भनेर हिँडेका थिए । तर स्कूल पुग्न पाएनन् ।

सृष्टि नौ वर्षकी थिइन् । उनी वल्र्ड युथ इन्टरनेशनल स्कूलमा कक्षा तीनमा पढ्थिन् भने चार वर्षकी श्रेया एलकेजीमा । उनीहरुको झोला त्यहीँ टिपरमुनि छ । उनीहरुलाई मोटरसाइकलमा स्कूल पु¥याउन हिँडेका उनीहरुका बाबा नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत छन् । टिपरको छेउमा रोइरहेकी छन् रोहनकी भाउजु तथा मृतक नानीहरुकी ठूलीआमा निरुता घिसिङ । रुँदारुँदा उनका आँखा सुन्निएका छन् ।
उनका आँखामा सृष्टी–श्रेयाको तस्वीर नाचिरहेको छ । उनीहरुले ठूलीआमा भनेको स्वर कानमा गुञ्जिरहेको छ । ‘कसरी हेरु म दुई छोरीको शव ? अब कसले भन्छ मलाई ठुलीआमा ? मेरा सास रोकिएला जस्तो भइरहेको छ । कसरी जाउ म उनीहरु नजिक ?’ सुक्कसुक्क गर्दै निरुता भन्छिन् ।

‘यी कलिला नानीहरुले कसको के बिगारेका थिए र ? यसले ब्याक गरिगरि कुल्चेर मा¥यो’ उनी गुनासो गर्छिन् । रोहनकी श्रीमती हुन् विनिता तामाङ । विनिताको संसार उजाडिएको छ । न सन्तान रहे, न श्रीमान सद्दे । दुर्घटना भएको बेला निरुता छोराका लागि औषधि लिन आएकी थिइन् । टिपरले बाइक हान्यो रे भन्ने सुनेर घटनास्थल पुग्दा उनकै अगाडि दुई छोरीले शव थियो । देवर रोहन बेहोस ।

उनले देवर रोहनलाई बाबु–बाबु भन्दै बोलाइन् । रोहन बोल्न सकेनन् । रोहन बोल्छन् कि भनेर निरुताले पानी छम्किइन् । पानी छम्किँदा रोहनले सुक्कसुक्क गरे । घटनास्थलमा आइपुगेका स्थानीयबासिन्दाले गाडीमा हालेर रोहनलाई अस्पताल लगे । रोहन र विनिता ज्याला मजदुरीको काम गर्थे । रोहन केही समयअघि मलेसियाबाट फर्किएका थिए ।

Gokarneshwor Durghatanama Shristi Ra Shriya School Pugnai Paayhnan
Gokarneshwor Durghatanama Shristi Ra Shriya School Pugnai Paayhnan
Gokarneshwor Durghatanama Shristi Ra Shriya School Pugnai Paayhnan

बिहान आठ बजे खान खाएर आमालाई बाई भन्दै बुबाले चलाएको बाइक पछाडि बसेका थिए यी नानीहरु । नयाँपाटीको साँघुरो गल्लीमा टिपरले ठक्कर दियो । दुई नानीको घटनास्थलमा नै प्राण पखुरो उड्यो । घाइते भएका उनीहरुका बाबाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । बा ४ ख ६९६८ नम्बरको टिपरको ठक्करबाट स्कुल जाने बेला बालिकाको ज्यान गएपछि स्थानीय निकै आक्रोशित छन् ।

उनीहरु आफ्नो सन्तानबारे सोचिरहेका छन् । ‘मान्छे पनि कति निर्दयी ? पछाडि मान्छे छ भन्दाभन्दै ब्याक गरेर किचेर मा¥यो,’ घटनाका प्रत्यक्षदर्शी श्याम खड्गी भन्छन्, ‘ड्राइभरको लापरबाहीले नाबालिकाको अकालमै ज्यान गयो ।’ खड्गी घटनास्थल नजिकै मासु पसलमा काम गर्छन् । उनी पसलमा काम गर्दा हल्ला खल्ला भयो । हल्ला भएपछि उनी घटनास्थल गए । त्यहाँ गएपछि टिपर ब्याक भएर बालिकालाई कुल्चिएको देखे ।

त्यहाँ घटना देखेका दुईतीन जना बालिकाको मृत्यु भएको देखेपछि डराएर भागे । खड्गीले भने घाइते रोहनलाई अस्पताल पठाएर घटनाबारे जानकारी दिन घर तिर कुदे । उनी रोहनको घरमा पुग्दा छोरी र श्रीमानसँगै खाना खाएर उनीहरुलाई विदा गरेकी विनिता हतारहतार धन्दा सकेर काममा जाने तयारीमा थिइन् । श्यामले दुर्घटनाको खबर सुनाएपछि उनी दौडेर रुँदै कराउँदै घटनास्थलतिर दौडिइन्् । घर उचो ठाउँमा भएकाले उनी बाटोमा लड्दै पड्दै आएको श्याम बताउँछन् ।

श्यामले ‘जे हुनुभयो, धैर्य राख्नुस्’ भनेका थिए विनितालाई । तर आमा र श्रीमतीको मन कहाँ सम्हालिन्थ्यो र ! कुनै परवाह नै नगरी सृष्टी–श्रेया भन्दै घटनास्थलमा हामफालिन् । घटनास्थलमा दुई छोरीको लास देखेपछि विनिता बेहोस भइन् । टिपरले बाइकलाई घिसार्दै केहि परसम्म लगेको छ । टिपरमुनि बाइकको लेगगार्डले कोरिएको गहिरो निशाना छ, जसले त्यहाँको माहोललाई झनै आक्रोसित बनाएको छ ।

‘पछाडि मान्छे छ भन्दाभन्दै ब्याक गरेर मारेको हो । के नै रह्यो र विनिताको ?’ रोहनकी छिमेकी राधा भुजेल भन्छिन् । उनी दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताउँछिन् । घटनास्थलमा भेटिएका विमल थिङ तामाङले सरकारले दिनमा टिपर चल्न नदिने नियम ल्याएपनि अहिले मनमौजी चलाइरहेका कारण यस्तो दर्दनाक घटना घटेको बताए । ‘सरकारले दिउँसो टिपर चलाउन पूर्ण रुपमा बन्देज लगाउनु पर्छ, टिपर चालकलाई कडाभन्दा कडा कारबाही गरेर पिडितलाई न्याय दिलाउनु पर्छ’ थिङ भन्छन् ।

ब्याक गरेर ज्यान लिने सवारी चालक तथा नाबालिकालाई बलात्कार गर्नेहरुलाई सरकारले फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको माग छ । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले घाइते रोहनको उपचार आइसीयूमा भइरहेको र अवस्था नाजुक रहेको बताए । ‘रोहनको अवस्था नाजुक छ । पीडकसँग हामीले क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने गरी वार्ता गरेका छौं’, चालिसेले अनलाइनखबरसँग भने । उनका अनुसार टिपर मालिकसँग क्षतिपूर्तिस्वरुप पीडितलाई ४५ लाख रुपैयाँ दिन पर्ने सम्झौता भएको छ । ‘दुई छोरी गुमाउने विनितालाई नगरपालिकाले रोजगारी दिने निर्णय गरेका छौं’, उनले भने, ‘सकेसम्म उनलाई राहत दिन्छौं ।’

Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !