फोटोशप सिक्न चाहनेका लागि ५ दिने निःशुल्क अनलाइन तालिम हुँदै

RONB Update - Reporter
0
१९ चैत्र, काठमाण्डौँ (Source: Techpana): फोटोशप कला सिक्न चाहनेका लागि आउँदो महिना ५ दिनसम्म निःशुल्क अनलाइन तालिम हुने भएको छ । आगामी मे २ देखि ६ (वैशाख १९ देखि २३) सम्म हुने फोटोशप भर्चुअल समिट ४ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि तीनवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।

Free Photoshop Training - Photoshop Virtual Summit 4

चौंथो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा २० प्रशिक्षक र कुल ४० अनलाइन क्लास हुनेछ । प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् । उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।

के के विषयमा हुनेछ तालिम ?

Free Photoshop Training - Photoshop Virtual Summit 4
Free Photoshop Training - Photoshop Virtual Summit 4

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !