नेपालले एकै महिना तीन अन्तर्राष्ट्रिय सिरिज खेल्ने, दुई सिरिज घरेलु मैदानमा

RONB Update - Reporter
0
२२ फागुन, काठमाडौं (Source: Setopati): नेपाली राष्ट्रिय क्रिकेट टिममा घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज हुने पक्का भएको हो। 

यस्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुने पनि तय भएको छ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ। पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ।

Nepal Ley 1 Mahinama 3 Antarastriya Series Khelney

यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ। त्यसअघि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज युएईमा चैत २ गते सुरु हुनेछ। यससँगै नेपालले चैत महिनामा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। हाल नेपाली टिम लिग-२ को तायरीका लागि श्रीलंकामा रहेको छ। नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम छ। 

नेपालले चैतमा खेल्ने सिरिज

  • नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज - चैत २ देखि ८ गतेसम्म युएईमा हुने
  • नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गतेसम्म काठमाडौंमा हुने
  • नेपाल, मलेसिया र पपुव न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा हुने

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !