नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार मात्रै बाँडफाँट हुने, करिब साढे ७७ हजारले मात्रै शेयर पाउने

RONB Update - Reporter
0
२२ फागुन, काठमाडौं (Source: Merolagani): नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलबार मात्रै बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान मात्रै आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले प्रिअलटमेन्टको काम भने आज आइतबार नै सम्पन्न गरिसकेको छ । मंगलबार बिहान ९ बजेतिर मात्रै लघुवित्तको शेयर बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोवल आइएमइ क्यापिटलले जनाएको छ ।


पछिल्लो समय शेयर निष्काशन सकिएको तीन दिनभित्रै आईपीओ बाँडफाँट गर्ने गरेको थियो । तर यसबीचमा दुई दिन सर्वजनिक बिदा परेपछि शेयर बाँडफाँटमा ढिलाई भएको क्यापिटलले जनाएको छ । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ । माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् । सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

NESDO Laghubitta Ko IPO Mangalbar Badhfad Huney

Source Link: Merolagani

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !