CBT उत्तिर्ण व्यक्तिहरुले रोजगार आवेदन फाराम भर्ने सम्बन्धि सूचना

RONB Update - Reporter
0
२६ फागुन, काठमाण्डौँ (Source: Chetan TM): सन् २०२१ को बिशेष कोरियन भाषा (Special EPS-TOPIK-2021, CBT) परीक्षामा उत्तिर्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम(Job Application Form) भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने छ। साथै, कुनै “क” बर्गको बैंकमा आफ्नै नाममा खाता खोली सो को प्रमाण एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।

Useful Link:
Notice to Fill Up Job Application Form for CBT Passer

परीक्षामा उतीर्ण भएका व्यक्तिहरूको मिति २०७८ चैत्र १ र २ गते तपसिल बमोजिमका सम्बन्धित अस्पतालमा गई USD ५५.६४ बराबरले हुन आउने नेपाली रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थामानै बुझाई स्वास्थ्य परीक्षण कार्य गर्नु हुन तथा तपसिल बमोजिमको मितिमा यस शाखामा आई रोजगार आवेदन फाराम (Job Application Form) भर्नु हुन जानकारी गराइन्छ । रोजगार आवेदन फाराम भर्दा माछापुच्छ्रे बैकमा रहेको यस शाखाको खातामा ५ डलर बराबरले हुन आउने नेपाली रुपैयाँ बुझाई सम्बन्धित ब्यक्तिले तपसिलमा उल्लेखित कागजातहरु साथमा लिई आउनु पर्ने छ ।

रोजगार आवेदन फाराम (Job Application Form) भर्दा साथमा ल्याउनु पर्ने कागजातहरु

१. एम आर पी राहदानीको कलर फोटोकपी र सक्कल ।
२. प्रहरी प्रतिवेदनको सक्कल । 
३. आफ्नो नाममा “क” बर्गको बैंकमा खाता खोली सो पुस्टी हुने बैंक कागजात । 
४. फोटो (पृष्ठभुमी सेतो भएको, एम.आर.पी साइज) १ प्रति । 
५. सम्बन्धित ब्यक्तिको ईमेल ठेगाना । 
६. अन्य कागजात केही भए (शैक्षिक प्रमाणपत्रहरु,शिपमुलक तालिमका प्रमाणपत्र, आदी) ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !