प्रभास र पूजाको 'राधे श्याम' लीक

RONB Update - Reporter
0
२८ फागुन, काठमाण्डौँ (Source: Gorkhapatra): दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेगडे अभिनीत फिल्म 'राधे श्याम' रिलिजको भोलिपल्टै लीक भएको छ । 'राधे श्याम' भारतीय सिनेमाकै महँगोमध्येको एक फिल्म हो । यससँगै अनुपम खेर अभिनीत द कश्मीर फाइल्स पनि पाइरेसीको शिकार भएको छ । दुबै फिल्म मार्च ११ मा हलमा रिलिज भएका थिए । मिडिया रिपोर्टका अनुसार द कश्मीर फाइल्सले पहिलो दिनमै तीन करोडभन्दा बढी कमाएको छ । उता, राधे श्यामले पनि हिन्दी बेल्टमा साढे चार करोडको ओपनिङ व्यापार गरिसकेको छ ।

Radhe Shyam Movie Leaked

'राधे श्याम' हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ । कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतिबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रभासले ज्योतिषीको भूमिका निर्वाह गरेका छन् । यस्तै, फिल्ममा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय छ ।

राधे श्याम फिलिम डाउनलोड गर्न यहाँ Click गर्नुहोस


Source Link: Gorkhapatra

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !