तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? कारबाहीमा परिएला ! (तस्बिरहरू)

RONB Update - Reporter
0
०७ चैत्र, काठमाण्डौँ (Source: Setopati): काठमाडौं उपत्यकामा तपाईँ तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार रहनुहोला। अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध बिहान, दिउँसो र राति जुनसुकै बेला कारबाही गर्ने भएको छ। तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ। त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उनको भनाइ छ। यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो। उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि ‘नाइट भिजन लेजर स्पिड गन’ मार्फत कारबाही गर्न सुरू गरेको हो।

Tibragatima Sawari Chalaudai Hunuhunx Karbahima Pariyela

लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। महाशाखाले लापरवाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ। दैनिक बिहान दिउँसो र बेलुका ट्राफिक प्रहरीले सवारी साधनको गति मापन गर्दै तिब्र गतिको सवारी साधनलाई आवश्यक कारबाही गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ। यहाँ ५० किलोमिटर प्रतिघन्टा भन्दा धेरै गतिमा सवारी हाँके ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ। दुर्घटना न्यूनीकरणको लागी ट्राफिक प्रहरीले सिमीत गतिमा सवारी हाक्न अनुरोध गर्ने गरेको छ।

हेर्नुहोस् तस्बिरहरू:

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !