समीक्षाले किन सच्याइन् फेसबुक पोष्ट ?

RONB Update - Reporter
0
१६ बैशाख, काठमाण्डौँ (Source: Ratopati): गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्:
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’
उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे ।

Samikshyaley Kina Sachain Facebook Post

केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।

Source Link: Ratopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !