कति होला आईफोन १४ को मूल्य ?

RONB Update - Reporter
0
१७ बैशाख, काठमाण्डौँ (Source: Techpana): आईफोन १४ सार्वजनिक हुने मिति अझै बाँकी छ । यद्यपि फोनका विभिन्न विवरण बाहिरिने क्रम भने जारी छ । फोर्ब्सले हालै एक समाचार प्रकाशन गर्दै आईफोन १४ सिरिजका फोनहरूको सम्भावित मूल्य सार्वजनिक गरेको छ । आजको दिनसम्म आइपुग्दा आईफोन १४ सिरिजका फोन कस्तो देखिनेछ भन्ने विषयमा हामीले केही विवरण पत्ता लगाइसकेका छौं । आईफोनका यिनै विवरणका आधारमा १४ सिरिजका फोनको मूल्य कति हुनेछ भन्ने विषयमा फोर्ब्सले एउटा लेख सार्वजनिक गरेको छ ।

एप्पलले यो पटक आईफोन १४ सिरिजमा कम मूल्यको रेन्जमा ६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ म्याक्स सार्वजनिक गर्दैछ । त्यस्तै महँगो रेन्जमा ६.१ इन्चको आईफोन १४ प्रो र ६.७ इन्चको आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्दैछ । प्रोसेसरमा भने आईफोन १४ र १४ म्याक्समा ए१५ बायोनिक चिप नै प्रयोग हुने बताइएको छ, जसले गर्दा यो दुईवटा फोन तुलनात्मक रुपमा सस्तो हुने बताइएको छ । यसको अर्थ हो, प्रो भर्सन नभएर पनि ६.७ इन्चको आईफोन १४ म्याक्स सस्तो रेन्जमा सार्वजनिक हुनेछ ।

Katihola iphone 14 Ko Mulya

अर्कोतिर यो फोन आईफोन १३ मिनिलाई प्रतिस्थापन गर्न ल्याइएको फोन हो । यसको अर्थ आईफोन १४ म्याक्सको मूल्य ८९९ डलर (१ लाख १० हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ । योसँगै आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको मूल्य क्रमश: १,०९९ डलर (एक लाख ३५ हजार रुपैयाँ) र १,१९९ डलर (एक लाख ४६ हजार रुपैयाँ) हुने बताइएको छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !