टिकटक प्रतियाेगिता गर्दै एमाले, विजेताले १ लाख पाउने

RONB Update - Reporter
0
२२ चैत्र, काठमाण्डौँ (Source: Techpana): नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर टिकटक प्रतियोगिता आयोजना गरेको छ । जसमा सहभागी हुनेले क्रियटिभिटी र लोकप्रियता विधामा एक-एक लाख जित्न सक्नेछन् । क्रियटिभिटीका आधारमा पुरस्कार पाउन भिडिओमा रचनात्मक कुरा समावेश हुनुपर्ने बताइएकाे छ । त्यस्तै लोकप्रियता विधा अन्तर्गत धेरै भ्युज पाउने टिकटक भिडिओले एक लाख पाउने छ ।

हरेक विधामा द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतिस्पर्धीले बनाएको उक्त भिडिओ नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडिओ टिकटकमा पब्लिस गर्दा प्रतिस्पर्धीले ह्यासट्याग भोट फर सन्, ह्यासट्याग सीपीएन यूएमएल, ह्यासट्याग साइबर सर्कल नेपाल, ह्यासट्याग आई एम विथ केपी ओली प्रयोग गर्नुपर्नेछ ।

Tik Tok Pratiyogita Gardai Amaley

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षां पूरा गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ । साइबर सर्कल एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तलाई चर्चित भिडिओ शेयरिङ एप टिकटक मार्फत प्रस्तुत गर्न उक्त प्रतियाेगिता आयोजना गर्न लागेको बताइएको छ ।

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !